काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।
हाल १ कित्ता सेयर हुने सेयरधनीले ०.६५ कित्ता अनुपातमा हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्कासन गरेको कम्पनीले असार ८ गते बुकक्लोज गरेको छ । असार ७ गतेसम्म कायम र्हेका सेयरधनीले कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । आवेदन भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सकिने छ ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासन पश्चात ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।






प्रतिक्रिया दिनुहोस्