Skip to content

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण: १ करोड रुपैयाँ हाउजिङ हुँदै सहकारीका अध्यक्षसम्म

nabil bank

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा सहकारी संस्था हुँदै हाउजिङ कम्पनिसम्म जोडिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानमा सहकारी हुँदै हाउजिङ कम्पनिसम्म पुगेको छ । अनुसन्धान अनुसार बैंकका ऋणी कालीका हाउजिङ प्रा.लि.का सञ्चालक रसिद अहमद कुरेशी माता बागेश्वरी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सञ्चालक समितिका अध्यक्ष समेत रहेको पाईएको छ ।

२०७९ फागुन १२ गते कालिका हाउजिङको चेकबाट १ करोड रुपैयाँ माता बागेश्वरी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि को खाता नं. ००१००७०००९६४३२०००००१ मा रकम ट्रान्सफर भएको पाइएको छ ।

सिद अहमद कुरेशीले माता बागेश्वरी सेभिङ एण्ड क्रेडिटको अपरेटिभ लि।को खातामा २०७८ चैत ८ गते १४ लाख ७५ हजार जम्मा गरेको पाइएको छ । यस्तै रेशीले २०८० असार ३१ गते सोही खाताबाट २५ लाख झिकेको पाईएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime