Skip to content

बीमा प्राधिकरणले तीन महिना थप्यो पुनर्बीमा दलालको शाखा खोल्ने समय

nabil bank
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा ब्रोकर (दलाल)लाई शाखा खोल्ने समय थपेको छ ।
प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका–२०८० संशोधन गर्दै शाखा खोल्ने समय तीन महिना थपेको हो ।
प्राधिकरणले उक्त निर्देशिकाको पहिलो संशोधन गर्र्दै शाखा खोल्न समय थपेको हो ।
निर्देशिकामा भनेको छ-‘प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बीमा दलालले वि.सं २०८२ पुस मसान्तभित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ ।’
प्राधिकरणका अनुसार यसअघि पुनर्बीमा ब्रोकरले ६ महिनाभित्र शाखा कार्यालय खोल्नुपर्ने व्यवस्था थियो । अहिले उक्त व्यवस्था संशोधन गरेर समय तीन महिना थपेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime