Skip to content

बुद्धभूमि नेपाल हाइड्रोको नोक्सानी सवा २ करोडमाथि, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनी १ कराेड ४९ लाख रुपैयाँ नोक्सानीमा थियो। कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ८८ लाख रुपैयाँबाट घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीकाे कुल नाफा १४ करोड १ लाख रुपैयाँबाट १३ करोड ६२ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ६ करोड २७ लाख रुपैयाँबाट बढेर ७ करोड २६ लाख रुपैयाँ पुगेको छ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ १४ पैसा रहेको छ। ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi