काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम हस्पिटलले उपचार गाराउँदा १० प्रतिशत छुट दिने भएको छ। यस हस्पिटलले हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिने भएको हो ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बिमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन ।
यसैगरी, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्