Skip to content

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

nabil bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीमा हाल कित्ता सेयर हुनेले ४.२ कित्ता अनुपातमा हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको छ । १५ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका विराटनगर, जनकपुर, बिर्तामोड, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, सुर्खेत, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र बुटवल शाखाबाट आवेदन दिन सकिने छ ।

यस्तै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime