Skip to content

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता

nabil bank

ललितपुर । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहबीच सेन्टरका अध्यक्ष दीपकप्रकाश बास्कोटा र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
जीएसएमएचआरसीका अध्यक्ष दिपकप्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी ज्ञापनपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् । सो सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर जीएसएमएचआरसीमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक जीएसएमएचआरसीले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ । प्रभु बैंकका नेपालभर ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime