काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा लघुवित्तले ३ करोड ४२ लाख ४५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यस संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ३ करोड ५१ लाख ६ हजार रुपैयाँ नोक्सानीमा थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १५ करोड ७३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस संस्थाको यस्तो आम्दानी १३ करोड २९ लाख ९९ हजार रुपैयाँ थियो । यस अवधिमा यस संस्थाको सञ्चानल नाफा पनि बढेको छ ।
यस संस्थाले गत आवको अन्त्यसम्म ४ करोड ६५ लाख ८१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । संस्थाको यस्तो नाफा अघिल्लो आर्थिक वर्ष यस अवधिमा यस कम्पनीको सञ्चालन नाफा पनि नोक्सानीमा रहेको थियो । यसैगरी, यस संस्थाको अन्य सञ्चालन आम्दानी १०५.४४ प्रतिशतले बढेर २ करोड १९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी २२.८१ प्रतिशत बढेर १७ करोड ९४ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
यस कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६ करोड ३९ रुपैयाँ सम्भावित जोखम बापतको व्यवस्थामा छुट्याएको यस लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ८ लाख रुपैयाँ मात्र छुट्याएको छ । सोही कारण लघुवित्त नाफा लगायतका सूचक सकारात्मक बनेको हो ।
असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २६ पैसा रहेको छ । यस अवधिमा प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १०५.०७ गुणा रहेका छ । गत आवमा यस कम्पनीको चुक्ता पुँजी १० करोड ६१ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यस्म्ममा लघुवित्तले ९२ करोड ३६ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ४० करोड २७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।






प्रतिक्रिया दिनुहोस्