Skip to content
Prabhu

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेस प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

 

काठमाडौं । एभरेष्ट बैंकले वीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित वीरगंज शाखा तथा मधेस प्रदेशको प्रादेशिक कार्यालय स्थानान्तरण गरेको छ ।

सो बैंकले वैशाख २३ गते आयोजित विशेष कार्यक्रमकाबीच आदर्शनगरस्थित प्रादेशिक कार्यालय सोही नगरको वडा नम्बर ४ आदर्शनगरको नव निर्मित भवनमा स्थानान्तरण गरी बैंकिङ तथा सेवाहरु सुचारु गरेको हो ।

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यतिmत्वहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।

बैंक पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको छ । बैंकको हालसम्म १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटिएम रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal