Skip to content

सेग्वेले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने

nabil bank

काठमाडौं । आइहब प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ । कम्पनीले बजारमा ल्याउन लागेका मोडेलहरूमा दुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन् ।

‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि.मी.-घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्छ। ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.-घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ ।

‘सेग्वे जाइबर ई-बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ । यसले अधिकतम ३२ कि.मी.-घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ। यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ। ‘सेग्वे जाफारी ई-साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ । जसले अधिकतम ३२ कि.मी.-घण्टा गति लिन सक्छ । ५८ कि.मी सम्म चल्न सक्छ । साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ । यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime