Skip to content

तीन वर्षभित्र भृकुटीमण्डपमा अन्तर्रास्ट्रिय स्थलको प्रदर्शनी स्थल बन्छ, अब सडक धुलो र हिलो रहित हुन्छन् : अर्थमन्त्री पौडेल

nabil bank

काठमाडौ । उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो रहित र हिलो रहित सडकलाई ब्यबहारिक रुपमा सार्थक बनाउन लागेको जानकारी गराए । नाइमा एक्सपो उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताए ।

सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई ध्यान दिएको बताए । पूर्व–पश्चिम राजमार्गगले नपुगेर एक्सप्रेस वे को रुपमा स्तरोन्नति गर्ने बताए । हुलाकी सडक निर्माणकार्य तिर्व रहेको र त्यसलाई गुणस्तरीय बनाउने बताए ।

मध्ये पहाडी लोकमार्ग, मदनभन्डारी राजमार्ग गुणस्तरीय बनाउने बताए । विभिन्न राजमार्ग, विभिन्न करिडोर, सहरी पुर्वाधारमा सरकारको ध्यान दिएको जानकारी गराए ।

एक्स्पो गर्दा विभिन्न खाले हैरानी ब्यहोर्नु परेको भन्दै सरकारले चालु आवको बजेटले भृकुटीमण्डपमा अन्तरास्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउने बताए । भृकुटीमण्डपमा रहेका सबै संरचना हटाएर आकर्षक प्रदर्शनी स्थल बनाउने बताए ।

यसको लागि अन्तरास्ट्रिय निर्माण ब्यबसायी लाइसमेत आश्वान गर्ने बताए । उनले बढिमा तीन बर्ष भित्र आधुनिक र अन्तरास्ट्रिय प्रदर्शनी स्थल बन्ने दाबि गरे । सरकारलाई प्रयाप्त राजस्व नभएको कारण अटो क्षेत्रमा कर बढि भएको उल्लेख गरे।

कार्यक्रममा उनले अब नितिगत स्थिरतामा चिन्ता नलिन समेत सबैलाई आग्रह गरे । अनावश्यक रुपमा नितिलाई चलाउन नहुने र आवश्यक परेको बेला चलाउन सक्ने जानकारी गराए ।

यो सरकार बनेपछि सबै क्षेत्रमा सुधार भएको दाबि गरे । आर्थिक क्षेत्रमा तिब्र गतिको सुधार चाहिने उल्लेख गरे । नाईमालाई आफ्नो सफलतालाई आफ्नोे सफलताको रुपमा लिन आग्रह गरे । कार्यक्रममा अध्यक्ष रितु सिंह वैद्यले ७.१३ प्रतिशत कुन ग्राहस्थ उत्पादनमा योगदान रहेको बताईन् ।

उनले सेवा क्षेत्रमा ४.७ प्रतिशत रोजगारी सृजना रहेको बताइन् । अटो क्षेत्रका लागि नितिगत स्थिरता आवश्यक रहेको उल्लेख गरिन । भौतिक पुर्वाधारको क्षेत्रमा लगानी बढाउन आग्रह गरिन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime