Skip to content

लक्ष्मी इ–मोबिलिटीको केई इक्यूट ०२ को मूल्यमा दुई लाख रुपैयाँको छुट

nabil bank

काठमाडौं । नेपाली बजारमा उपलब्ध केई इक्यूट ०२ को मूल्य एकैपटक २ लाख रुपैयाँसम्मको छुट पाइने भएको छ । नेपालका लागि केईको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले इक्यूटको मूल्य २ लाख रुपैयाँ घटाएको जानकारी दिएको छ ।

यसअघि २२ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको इक्यूट अब २० लाख ९६ हजार रुपैयाँमै खरिद गर्न पाइने भएको छ । यससँगै इक्यूट नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचरयुक्त इलेक्ट्रीक गाडीहरू मध्ये एक बनेको छ ।

साइजमा सानो र फिचर लोडेड कार क्यूट–०२ सहरी क्षेत्रमा यात्रा गर्न उपयुक्त मोडल हो । इक्यूटमा फ्रन्ट फेसियामा दिइएको हकआई डिजाइनको एलईडी हेडलाइट, फ्लस डोर ह्याण्डल र पछाडि एरोडाइनामिक टेलविङ दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime