Skip to content

नाइमामा अटाे शोमा सार्वजनिक भयो जेको जे५, यस्तो छ अफर मूल्य

काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे–५’ सार्वजनिक भएको छ। ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एसयुभी ‘जेको जे–५’ सार्वजनिक गरेको हो।

यसको मूल्य नेपाली बजारमा ६० लाख ९९ हजार तोकिएको छ। नाइमा अटो शोमा यस गाडीको अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ अफरमा राखिएको छ।

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ–५ र जेइको जे–६ इभी लाइनअपसँगै नयाँ जेइको जे–५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima