Skip to content

कामना सेवा विकास बैकका कर्मचारी र ग्राहकले स्काईवाकमा २५ प्रतिशत छुट पाउने

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित स्काईवाक नेपालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काईवाक नेपालको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काईवाक नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गर्नुभएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime