काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले सरकारले अध्ययन, अनुसन्धान गरेर मात्रै नीति बनाउनु पर्ने बताएका छन् ।
नाइमाले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको अन्तकृया कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले सरकारले ईभीका लागि लिएको नीतिले कस्तो प्रभाव परेको भनेर हेर्न आवश्यक रहेको उल्लेख गरे । नेपालमा आयात भएका सवारी साधानमा इन्धनतर्फको संख्या कम भएपनि कर भने धेरै उठेको बताए ।
‘गत आवमा ईभी भन्दा इन्धनबाट चल्ने सवारीसाधन कम आयात भएपनि राज्यले पाउने कर इन्भनवाला गाडीबाट पाउने गरेको छ’ उनले भने, ‘इन्धनबाट चल्ने सवारीबाट राज्यबाट गाडी आयात गर्दा मात्रै कर पाउँदैन, इन्धनबाट पनि प्रति लिटर १० रुपैयाँ लिने गरेको छ । अन्य शिर्षकमा पनि कर लिने गरेको छ ।’ यसलाई बिर्सन नहुने उनको भनाई छ ।
उनले हामी ईभीमा जादा ईन्धनबाट सरकारले पाउने विभिन्न करलाई बिर्सन नहुने तर्क गरे । वैद्यले गत आवमा १२ हजार ईभी आयात गरेर करिब ९ अर्ब कर पाएको र ईन्धन वाला गाडी ५ हजार आयात गर्दा राज्यले करिब ४० अर्ब कर पाएको उल्लेख गरे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले गाडी किन्नेहरुले बैंकबाट लोन लिने गरेको बताएका छन् । अहिले मानिस आफुसँग पैसा भए अन्यत्र खर्च वा लगानी गर्ने गरेको र गाडि किन्नका लागि बैंकबाट कर्जा लिने गरेको बताए ।
उनले बैंकले पनि कर्जा दिँदा रातो नम्बरको कार र व्यक्ति आफै बस्नका लागि बनाउने घरमा कर्जा दिँदा केही सहजता हुने गरेको समेत जानकारी गराए । पौडेलले अहिलेसम्म हायर पर्चेज लोनमा करिब २ खर्ब प्रवाह भएको बताए ।
कार्यक्रममा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क. प्रा. लि.को प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा विद्युतीय सवारी साधन (ईभी) को राम्रो सम्भावना रहेको बताएइन् । उनले अहिले नेपालमा १० वटा गाडी बुक गर्दा ७ वटा ईभी हुने गरेको बताइन् । उनले नेपालमा ईभीको बजार बढेसँगै ७०० वटा चार्जिङ स्टेसन निर्माण गरेको र सरकारले करिब ६० वटा जति निर्माण गरिसकेको जानकारी गराइन ।
पछिल्लो समय ईभीका सर्भिस सेन्टर समेत बढ्दै गएको उल्लेख गरिन । अहिले सरकारले ईभीमा ४३ प्रतिशत कर लालिने गरेको जानकारी गराइन । उनले अन्य कतिपय देशमा ईभीमा कर निःशुल्क रहेको उल्लेख गरिन् ।
कार्यक्रममा कलाकार हरिबंश आचार्यले नेपालमा ईभीको सम्भावना उल्लेख्य रहेको बताए । ईभीले वातावरण प्रदुषण, वायु प्रदुषण कम हुने बताए ।






प्रतिक्रिया दिनुहोस्