Skip to content

नाइमा अटो शोमा गाडी किन्नेलाई एभरेष्ट बैंकले दिन्छ ६.५२ प्रतिशत ब्याजदरमा कर्जा

काठमाडौं । साउन २१ देखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गाडी किन्ने ग्राहकलाई एभरेष्ट बैंकले ६.५२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ। यस बैंकले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक ‘विशेष गाडी कर्जा योजना’ ल्याएको हो।

बैंकले एक्स्पोमा गाडी खरिद गर्न चाहाने ग्राहकको लागि बेसरेटमा १.२५ प्रतिशत प्रिमियम थपेर कर्जा दिने भएको हो । हाल यस बैंकको बेसरेट ५.२७ प्रतिशत रहेको छ । यसमा १.२५ थपेर ६.५२ प्रतिशत ब्याजदरमा कर्जा दिन लागको बैंकले जनाएको छ । यसैगरी, बैंकले पाँच वर्षको ‘फिक्स’ गाडी कर्जाको लागि ७.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने जानकारी दिएको छ ।

यस बैंकको कर्जामा आवेदन दिनको लागि नागरिकता, राष्ट्रिय परिचयपत्र र फोटो, गाडीको कोटेशन, विगत ६ महिनाको बैंक स्टेटमेन्ट तलब, पेन्सन वा घरभाडा आम्दानीको प्रमाणपत्र र व्यवसायीका लागि फर्म दर्ता, प्यान–भ्याट, कर चुक्ता प्रमाणपत्र र वित्तीय विवरण २५ लाखभन्दा बढीको कर्जाका लागि व्यक्तिगत प्यान सर्टिफिकेट अनिवार्य हुने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक यस एक्स्पोमा सहभागी हुने एक मात्र बैंक हो । यो योजना एक्स्पो चल्दासम्म अर्थात् साउन २५ गतेसम्म उपलब्ध हुनेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima