Skip to content
Prabhu

नेपाल एसबिआई मर्चेण्टका ग्राहकले ह्याम्स अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

 

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र ह्याम्स अस्पतालबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा अस्पतालका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्य र बैंकका मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालका सेवा तथा उपचारमा १० प्रतिशत र फर्मेसीको लागि लाग्ने शुल्कमा ५ प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका इन्भेष्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख खतिवडाले यो सहकार्यमा जोडिन पाउँदा खुसी लागेको व्यक्ति गरे । भने ह्याम्स अस्पतालका प्रबन्धक मार्केटिङ प्रबन्धक बज्रचायले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे ।

समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal