काठमाडौं । नबिल फ्लेक्सी क्याप फण्डले इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ ।
फण्डले आर्थिक वर्ष २०८१/८२ नाफाबाट इकाईधनीहरुलाई करसहित ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । फण्डले प्रतिफल प्रयोजनाका लागि आज शुक्रबार दर्ता पुस्तिका बन्द गरेको छ । बिहीबारसम्म कायम रहेका इकाईधनीले प्रतिफल पाउनेछन् ।
लाभांश पुनः लगानी योजना (डीआरआइपी) मा आवद्ध योजनाका इकाईधनीले स्वचालित रुपमा आफूले प्राप्त गर्ने खुद लाभांशबाट योजनाको थप इकाई खरिद गर्न सक्नेछन् ।
डीआरआइपीमा साउन २७ गते सम्म नबिल इन्भोटमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा गएर फारम भरी वा वेभसाइटबाटै योजनामा आवद्ध हुन सकिनेछ ।
यसको व्यवस्थापकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्दै आएको छ । यो फण्डको प्रवर्द्धक नबिल बैंक हो ।












प्रतिक्रिया दिनुहोस्