काठमाडौं । राजधानीको भृकुटीमण्डपमा दुई तथा चार पाङ्ग्रे सवारी साधनको कुम्भ मेला लागेको छ । आइतबारसम्म चल्ने नेपाल नाइमा मोबिलीटी एक्स्पो जारी छ । एक्सपोमा विभिन्न ब्रान्डका गाडी रहेका छन् । करिब १९ लाखदेखि साढे ३ करोडसम्मका गाडी रहेका छन् ।
हामी यहाँ १ करोड भन्दा बढी मूल्य पर्ने गाडीको चर्चा गर्ने छौ । एक्सपोमा करोड माथिका विद्युतीय (ईभी) देखि इन्धनवालासम्मका गाडी रहेका छन् । एक्सपोमा टोयटा, आयोन, पालिसेड, ट्यांक–५००, ट्यांक–३००, टोयटाको ल्याण्डकु्रजर, टोयटाको हाइब्रिड यारिस क्रस तथा मिफा सेभेन लगायत रहेका छन् ।
एक्सपोमा हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले १२४.९ किलोवाट ब्याट्री क्षमता भएको १ करोड ३ लाख ९६ हजार रुपैयाँ पर्ने आयोन फाइभ ल्याएको छ । यस्तै हुन्डाइकै पेट्रोलबाट चल्ने टक्सन गाडी ल्याएको छ । १९९९ सिसी क्षमताको गाडीको मूल्य १ करोड ७ लाख ९६ हजार रुपैयाँ रहेको छ । सिसी र भेरियन्ट अनुसार टक्सनमा करोड माथिका विभिन्न ६ वटा गाडी रहेका छन् ।
यस्तै हुन्डाइकै सान्टा एफईको मूल्य १ करोड ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस्तै हुन्डाइकै पालिसेडको मूल्य २ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको छ । यो डिजेलबाट चल्ने गाडी हो । एक्सपोमा गाडी बुक गर्नेका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले ८ लाख सम्मको अफर ल्याएको जनाएको छ । एक्सपोमा गाडी बुक गर्नेले नगद छुट पाउनेछन् । प्रत्येक दिन विभिन्न उपहार समेत पाइने छ ।
एक्सपोमा कन्टिनेन्टल ट्रेडिङले ल्याएको कियाका २ मोडलका विद्युतीय गाडीको मूल्य करोड भन्दा माथि रहेको छ । कियाको ईभी–६ को मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको छ । यसको क्षमता ७७.४ किलोवाट रहेको छ ।
यस्तै ईभी–९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसको क्षमता १ करोड ७९ लाख ९० हजार रुपैयाँ रहेको छ । नाइमा अवधिमा यी गाडीमा १ लाख छुट अफर रहेको छ । यस्तै एक्स्पोमा बुक गरेमा अतिरिक्त २५ हजार छुट पाइने छ ।
एक्स्पो ५ मा २ करोड १६ लाख रुपैयाँ मूल्य पर्ने ट्यांक–५०० प्रदर्शनमा रहेको छ । यो मूल्य एक्सपोका लागि मात्रै हो । एक्सपो पछि यसको मूल्य २ करोड २५ लाख हुनेछ । एक्सपोका लागि ८९ लाख छुट रहेको छ ।
ग्रेटवाल मोटर्स (जीडब्लुएम)को आधिकारिक बिक्रेता भिजी इम्पेक्सले ट्यांक–५०० गाडी नाइमा एक्स्पोमा प्रदर्शनमा राखेको हो । यस्तै ट्यांक–३०० को मूल्य १ करोड ८५ लाख रुपैयाँ रहेको छ । यो गाडी एक्सपोमा बुक गर्नेले १ करोड ५९ लाखमा पाउने छ । एक्स्पोका लागि २६ लाख रुपैयाँ छुट रहेको छ ।
एक्सपोमा मिल्सुबिसि मोटर्सले पजेरो स्पोटर्स ल्याएको गाडी ल्याएको छ । यसको मूल्य २ करोड १४ लाख रुपैयाँ रहेको छ । यस्तै १ करोड ७५ लाख रुपैयाँ मूल्य पर्ने आउटल्याण्ड र इलिप्स क्रसको मूल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ । यो गाडी एक्सपोमा बुक गर्नेलाई १० प्रतिशत छुट रहेको छ ।
यस्तै टोयटाको ल्याण्डकु्रजर २५० प्राडो लक्सको मूल्य ३ करोड ७० लाख रुपैयाँ रहेको छ । एक्सपोमा ११ लाख रुपैयाँ छुट रहेको छ । टोयोटा ल्यान्डक्रुजर २५० को मूल्य ३ करोड ३२ लाख रहेको छ । यस्तै एक्सपोमा टोयटाको हाइब्रिड यारिस क्रस पनि रहेको छ । यसको मूल्य १ करोड २९ लाख रुपैयाँ रहेको छ ।
एक्स्पोमा ८ लाख छुट रहेको छ । यी गाडी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.ले ल्याएको हो । शोमा म्याक्ससको मिफा सेभेन विद्युतीय कार रहेको छ । म्याक्ससको आधिकारिक वितरक हिमालयन मोटरक्स अर्गनाइजेसनले उक्त गाडी नेपाली बजारमा ल्याएको हो । मिफा सेभेनको मूल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ । यसमा ९० किलोवाट आवर ब्याट्री क्षमता छ । एक्स्पोमा मिफा सेभेन बुक गर्नेले १० लाख रुपैयाँ छुट पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्