Skip to content

जीवन बीमा कम्पनीले गरे १ खर्ब ८१ अर्बको व्यापार, नेपाल लाईफकाे सबैभन्दा धेरै हिस्सा

nabil bank

काठमाडौं । जीवन बीमा कम्पनीले गत आवमा १ खर्ब ८१ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणकाअनुसार गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिसम्म सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ रहेकाे छ । यस कम्पनीले यस अवधिसम्म २६.४८ प्रतिशत बीमा शुल्कको संकलन गरेको छ। नेपाल लाइफले मात्र ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेको हाे ।

नेपाल लाइफपछि दोस्रो स्थानमा नेसनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको  रहेको छ। नेसनल लाइफले कुल जीवन बीमा बजारको १२.३६ प्रतिशत रहेकाे छ । यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १०.९८ प्रतिशत हिस्सा रहेकाे छ ।

हिमालयन लाइफले ९.७३ प्रतिशत, सूर्यज्योति लाइफले ६ .१७ प्रतिशत, एसियन लाइफले ५.६५ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले ५.४३ प्रतिशत हिस्सा ओगेटको छ। सिटिजन लाइफल, सानिमा रिलायन्स इन्स्योरेन्स, मेट लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ रिलायवल नेपाल लाइफ र सन नेपाल लाइफले भने कुल बीमा शुल्क संकलनमा ५ प्रतिशतभन्दा कम हिस्सा रहेकाे छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime