Skip to content

निर्जीवन बीमा कम्पनीले एक वर्षमा गरे ४३ अर्ब ९५ करोडकाे व्यवसाय, कुनकाे कति?

nabil bank

काठमाडौं। गत आर्थिक वर्ष २०८२–०८३ मा निर्जीवन बीमाको व्यवसाय ६.७७ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्षमा ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा भने निर्जीवन बीमा कम्पनीको ब्यवसाय ४१ अर्ब १७ लाख १३ हजार रुपैयाँ रहेको थियो । वर्षदिनको अवधिमा सबैभन्दा बढी ब्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । यसअवधिमा कम्पनीको ब्यवसाय ५.९२ प्रतिशतले बढेर ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय ५ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

सर्वाधिक ब्यवसायी गर्ने दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय ४.४६ प्रतिशतले बृद्धि भएर ५ अर्ब करोड रुपैयाँ रहेको छ । त्यस्तै, तेस्रो नम्बरको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१८ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ ब्यवसाय रहेको छ ।

समिक्षा अवधिमा क्रमशः हिमालयना एभरेष्टको ब्यवसाय १० प्रतिशतले बढेर ४ अर्ब १० करोड, आइजिआई प्रुडेन्सियलको ५.८९ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड, नेको इन्स्योरेन्सको ४.४८ प्रतिशतले बढेर ३ अर्ब २८ करोड, एनएलजि इन्स्योरेन्सको २० प्रतिशतले बढेर ३ अर्ब ६ करोड, युनाइटेड अजोडको २ प्रतिशतले बढेर २ अर्ब ७० करोड, दि ओरियन्टलको २५ प्रतिशतले बढेर २ अर्ब ७० करोड र सानिमा जिआईसिको ३ प्रतिशतले बढेर २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

यसैगरी, नेपाल इन्स्योरेन्सको २ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सको १ अर्ब ८६ करोड, राष्टिय बीमा कम्पनीको १ अर्ब ३७ करोड र नेशनलको १ अर्ब ६ करोडको ब्यवसाय रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi