Skip to content

नागरिक लगानी कोषको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?

nabil bank

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा १३.७१ प्रतिशतले बढेको हो । गत आबमा यस कम्पनीले १ अर्ब २५ करोड ३५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस कम्पनीको नाफा १ अर्ब १० करोड २४ लाख १० हजार रुपैयाँ रहेको थियो ।

यस कोषको आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशत घटेर ३३ करोड ७४ लाख ३० हजार रुपैयाँ रहेको पुगेको छ । यसैगरी, सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ३५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

यस अवधिमा यस कोषको कुल आमदानी ८.९६ प्रतिशत बढेर २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ कायम भएको छ । यता कोषको खर्च ६.७७ प्रतिशत घटेर ४२ करोड ७२ लाख रुपैयाँ कायम भएको छ। गत आवमा यस कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कोषको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ ।

यसैगरी, भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ। गत आवमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको यस कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime