Skip to content
Prabhu

मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन, समीक्षा जेठ १५ भित्र

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अगाडि मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गरेको छ । मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार त्रैमासिक समीक्षा त्रैमास सकिएको ३० दिनभित्र गरिसक्नु पर्ने व्यवस्था थियो । जसलाई संशोधन गरेर ४५ दिन बनाएको छ । योसँगै अब तेस्रो त्रैमासिक समीक्षा जेठ १५ भित्र सार्वजनिक हुनेछ ।

त्यसैगरी, वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र आउँनेछ । यसअघि वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरुभएको भएको ७ दिनभित्र ल्याइसक्नुपर्ने व्यवस्था थियो । तोकिएको समयभित्रै समीक्षा सार्वजनिक गर्न केही असहज भएपछि केन्द्रीय बैंकले कार्यविधिको संशोधन गरेको हो ।
साथै, २८ माघ २०८० मा बसेको नेपाल राष्ट्र बैंक व्यवस्थापन समिति बैठकले कार्यविधि संशोधन गर्दै वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal