काठमाडौं । नाइमा एक्स्पो २०२५ मा टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ सार्वजनिक भएको छ । नेपालका लागि टीभीएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ सार्वजनिक गरेको हो ।
आकर्षक रङ, प्रिमियम डिजाइन, बहुप्रयोगी प्रदर्शन र आधुनिक राइडरकेन्द्रित सुविधासहितको यो मोडलले मोटरसाइकलप्रेमीको ध्यान खिचेको छ ।
नाइमा एक्स्पोअन्तर्गत ‘हल बी’को स्टल एल३ए मा प्रदर्शन गरिएको यो मोटरसाइकलमा अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ र बहुमुखी प्रदर्शन क्षमताको संयोजन छ । यो बाइक सहरभित्रको यात्रादेखि साहसिक टुरसम्मका निम्ति उपयुक्त हुने गरी तयार पारिएको कम्पनीले जनाएको छ । यो संस्करण हरेक सडक र मौसम अवस्थासँग सामञ्जस्य राख्ने विशेषतासहित ल्याइएको कम्पनीको भनाइ छ ।
यसको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा उत्कृष्ट प्रतिक्रिया दिने क्षमता राख्छ । साथै, अर्बन र रेन राइडिङ मोडबीच सहज स्वीच गर्न सकिने भएकाले विभिन्न परिस्थितिमा सुरक्षित र सुविधाजनक सवारी अनुभव प्रदान गर्छ ।
२०२५ संस्करणमा स्मार्टएक्सोनेक्ट ब्लुटुथ जडान सुविधा छ । यसले स्मार्टफोनसँग सजिलै जोडिनुका साथै नेभिगेसन सहायता पनि प्रदान गर्छ । डुअल–च्यानल एबीएस प्रणालीले ब्रेकिङमा उच्च सुरक्षा दिन्छ । साथै, अपसाइड डाउन (यूएसडी) फ्रन्ट फोर्कले राम्रो ह्यान्डलिङ र स्थिरता प्रदान गर्छ ।
यस्तै, एड्जस्टेबल लिभरहरू चालकको सुविधाअनुसार मिलाउन सकिन्छ । यसमा उपलब्ध अर्बन र रेन मोडहरूले फरक–फरक सडक अवस्था र मौसमका निम्ति अनुकूल प्रदर्शन निश्चित गर्छन् ।
मिडनाइट ब्लु रङले टीभीएस रोनिन २२५ लाई थप स्टाइलिस र प्रिमियम बनाएको छ । मूल्य चार लाख ५९ हजार ९०० तोकिएको यो मोडलले नेपाली राइडरलाई अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल अनुभव दिलाउने जगदम्बा मोटर्सले जनाएको छ ।
जगदम्बा मोटर्सले आफ्नो बलियो डिलर सञ्जाल, उत्कृष्ट बिक्रीपछिको सेवा र ग्राहकमैत्री नीतिका माध्यमबाट यो नयाँ संस्करणलाई नेपाली बजारमा सफलतापूर्वक स्थापित गर्ने लक्ष्य लिएको छ ।
डिजाइन, प्रविधि र मूल्यको सन्तुलनले सुसज्जित टीभीएस रोनिन २२५ को २०२५ संस्करणले प्रिमियम मोटरसाइकल बजारमा नयाँ मापदण्ड कायम गर्ने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्