काठमाडौं । सन् २००९ फेब्रुअरीदेखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नवीनता र ग्राहक सन्तुष्टिप्रति अडिग प्रतिबद्धतासँग एक बलियो धरोहर निर्माण गरेको जनाएको छ।
हुन्डाई नेपालले सुरुवातमा विश्वासनीय आयातकको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो । अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ। विगतका वर्षहरूमा यसले स्यान्ट्रो, ग्रान्ड आई १०, आई २०, भेनु, क्रेटा, टक्सन, सान्टा फी लगायत लोकप्रिय मोडेलहरू बजारमा ल्याएको छ ।
साथै ईभीका आयान ५, कोना र क्रेटाजस्ता आधुनिक विद्युतीय सवारीसाधनहरू उपलब्ध छन् । जसले भरपर्दोपन, इन्धन बचत र स्थायित्वका लागि परिचित बनाएका छन् । ग्राहकलाई उच्च प्राथमिकता दिँदै, कम्पनीले आधुनिक र पूर्ण सुविधा सम्पन्न शोरूम, अत्याधुनिक सर्भिस सुविधा, र ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमा तालिमप्राप्त प्रमाणित प्राविधिकहरूको बलियो संयन्त्र सञ्चालनमा ल्याएको छ ।
यसले बिक्री पश्चात सेवालाई अझ सहज, भरपर्दो र दीर्घकालसम्म सन्तोषजनक बनाएको छ । २०८१ वैशाख २८ गते लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको सहायक कम्पनीले रामग्राम, परासीमा नेपालको पहिलो कार असेम्बलीङ प्लान्टको उद्घाटन गरी नेपालमा उत्पादन गरिएका हुन्डाई सवारीसाधनहरूको युगको सुरुवात गरेको हो ।

भेनु मोडेलसँग उत्पादन शुरू भएको थियो । पछि क्रेटा मोडेलको उत्पादन सुरू गरिएको छ । भविष्यमा थप मोडेलहरूको उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ। यस उपलब्धिले नेपालका अटोमोटिभ उद्योगमा नयाँ युगको सुरुवात गर्दै, स्थानिय निर्माण र राष्ट्रिय गर्वको प्रवर्द्धन गरेको छ । यस सफलता र गतिबाट, हुन्डाईले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अभूतपूर्व ग्राहक प्रतिक्रिया प्राप्त गर्यो । जसले यसलाई नेपालका एक विश्वासनीय ब्राण्डको रूपमा अझ मजबुत बनाएको छ ।
सन् २००९ मा विश्वसनीय आयातकर्ताको रूपमा सुरु भएको हुन्डाई नेपालको यात्रा आजको मेड इन नेपाल उपलब्धिसम्म, दृष्टि, दृढता र ग्राहक सन्तुष्टिप्रतिको अटुट प्रतिबद्धताको प्रतिक हो । भविष्यतर्फ अघि बढ्दै, हुन्डाई नेपाल जीवनलाई समृद्ध बनाउने र नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने उत्कृष्ट मोबिलिटी समाधानहरू उपलब्ध गराउने लक्ष्यमा दृढ रहेको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्