Skip to content

मंगलबार सिटी होटलको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सिटी होटलको सेयर मूल्य समायोजन भएको छ। हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले आज कम्पनीको ८० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयर मूल्य ५७८ रुपैयाँ ४२ पैसा पुगेको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो। सोमबार दोस्रो बजारमा कम्पनीको अन्तिम मूल्य ९६१ रुपैयाँ १५ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima