काठमाडौं । गोल्छा समूहको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउँदा यस कम्पनीले खुद नाफा १२१.८७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा यस कम्पनीले २१ करोड ७८ लाख रुपैयाँभन्दा खुद नाफा आर्जन गरेको छ ।
यस कम्पनीले अघिल्लो आर्थिक वर्षमा ९ करोड ८१ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो । हायर पर्चेच (सवारी साधनका लागि दिइने) कर्जामा लगानी बढेसँगै कम्पनीको खुद नाफा बढेको हो । लगानी बढेसँगै कम्पनीले प्राप्त गर्ने खुद ब्याज आम्दानी पनि बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब २ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले ३ अर्ब ३३ करोड कर्जा प्रवाह गरी १३ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा, खुद सञ्चालन नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३२ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको खुद सञ्चालन नाफा गत आर्थिक वर्षमा ६२ करोड ४० लाख रुपैयाँभन्दा बढी छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २६.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९.६३ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.२७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.६१ रुपैयाँ थियो । कम्पनीले आईपीओ निष्कासनसमेत गर्न लागेको छ ।
यस कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । आईपीओ लागि यस कम्पनीले निष्कासनका तथा बिक्री प्रबन्धकको लागि एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट गैर बैंकिङ कम्पनीको इजाजत लिएर हायर पर्चेज कर्जा दिँदै आएको छ । कम्पनीको अध्यक्षमा शेखर गोल्छा छन् ।






प्रतिक्रिया दिनुहोस्