Skip to content

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३.६३ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा ३.६३ प्रतिशतले बढेर ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्स कम्पनीको नाफा ६८ करोड ८१ लाख ८९ हजार रुपैयाँ रहेको थियो । यस्तै कम्पनीको कुल आम्दानी अघिल्लो आवको असार मसान्तको तुलनामा २.०६ प्रतिशतले बढेर ३ अर्ब ९ करोड ९३ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले गत आवको असार मसान्तसम्म २ अर्ब ५ करोड ७६ लाख ३१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.५८ प्रतिशतले धेरै हो । अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको दाबी भुक्तानी पनि ५.२९ प्रतिशतले घटेर १ अर्ब १३ करोड ४९ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७४ रुपैयाँ ५६ पैसा रहेको छ । गत आवको असार मसान्तसम्म कम्पनीको २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा २२ करोड ४३ लाख ६५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९५ करोड ५० लाख ८८ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime