Skip to content

नेपालबाट भारतले थप २०० मेगावाट बिजुली किन्ने, कुन आयोजनाबाट कति ?

nabil bank
फाइल फोटो

काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिद गर्ने  नेपाल विद्युत् प्राधिकरणलाइ जानकारी गराएकाे छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार नेपालमा विभिन्न ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट केही दिनबाट निर्यात सुरु हुनेछ ।

उनका अनुसार लोअर सोलु, ठूलो खोला, लिखु–२, लिखु खोला ए, सुपर काबेली खोला र सुपर कावेली खोला एबाट उत्पादन भएको विद्युत निर्यात गरिने छ । थप २०० मेगावाटसहित भारतले नेपालबाट करिब १०५० मेगावाट विद्युत आयात गरिरहेको छ । उक्त विद्युत २०२५ अगस्ट ११ देखि अक्टोबर ३१ सम्म नेपालले निर्यात गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime