काठमाडौं । ठूला १० वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्नका लागि छनोट भएको बंगलादेशको कम्पनीसँग नेपाल राष्ट्र बैंकले यसैसाता सम्झौता गर्ने भएको छ । राष्ट्र बैंकले बंगलादेशको होलादार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सँग यसै साता सम्झौता गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८९२० बमोजिम प्राविधिक र वित्तीय प्रस्ताव मूल्यांकनका आधारमा होलादार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स छनोट भएको भन्दै बुधबार आशयपत्रको सूचना निकालेको छ।
यो कम्पनीसँग वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता हुने राष्ट्र बैंकले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्