Skip to content

माउन्टेन इनर्जीको नाफा १३३.९५ प्रतिशतले बढ्यो, विद्युत बिक्रीबाट सवा करोड बढी आम्दानी

nabil bank

काठमाडौं । आर्थिक वर्षको असार मसान्तसम्म माउन्टेन इनर्जी कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३३.९५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा तुलनामा ३३.९२ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानीअन्तर्गत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको सञ्चालन मुनाफा पनि ५४ करोड ३० लाखबाट बढेर ८९ करोड २१ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब ३५ करोड रहेको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँ पुगेको छ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime