Skip to content

लक्ष्मी सनराइजको नाफा ४०.९७ प्रतिशतले बढ्यो, सेयरधनीलाई लाभांश दिने क्षमता दोहोरो अंकमा

nabil bank

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकको नाफा ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैकको इम्पेरमेन्ट चार्ज घटेका कारण नाफा बढ्न सहयोग पुगेको छ । इम्पेरमेन्ट चार्ज अघिल्लो आवमा ३ अर्ब ५८ करोड ८० लाख ६० हजार रुपैयाँबाट घटेर १ अर्ब १८ करोड २ लाख ४६ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी बढेको छ भने कुल सञ्चालन आम्दानी घटेको छ । बैंकको सञ्चालन नाफा ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ । सेयरधनीलाई लाभांश दिने क्षमता १२ रुपैयाँ ३४ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४ करोड १ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime