काठमाडौं । डिसहोमले आज मंगलबारबाट देशका विभिन्न १५ वटा सहरमा रोड–शो कार्यक्रम सुरु गरेको छ । डिसहोमले आउँदो टिट्वान्टी र युरो ट्वान्टीट्वान्टी फोरलाई लक्षित गरी उक्त रोड–शो कार्यक्रम गरेको हो ।
यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् । जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईँ तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिनेछन् ।
अन्य थप रोमान्चाक गतिविधिहरूसमेत हुने र सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कारहरू पनि जित्न सक्ने डिसहोमले जनाएको छ ।
यो कार्यक्रम धरान बसपार्कबाट आज साँझ ४ बजेदेखि सुरु हुने, रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगन्ज, जेठ १ गते हेटौंडा, २ गते नारायण घाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भई समापन हुनेछ ।
कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्