Skip to content

प्रभु बैंकका कर्मचारी र ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० देखि १५ प्रतिशत छुट पाउने भएका छन् ।

काठमाडौं महानगरपालिका–११, बबरमहलमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
छुट सेवा सुविधा अन्नपूर्ण न्यूरो हस्पीटल मा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटल का तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T