काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.३९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४९ अर्ब ८७ करोड १३ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
बैंकहरुले प्रकाशित गरेको लेखापरीक्षण अघिको विवरण अनुसार गत आवको असार मसान्तसम्म ४ वटा बैंकको नाफा घटेको छ भने बाँकी १६ वटा बैंकको नाफा बढेको छ । नाफा घटाउने बैंकमा स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंक रहेका छन् । बाँकी सबै बैंकको नाफा बढेको छ । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ भने एनआईसी एशिया बैंक अन्तिम स्थानमा रहेको छ ।
नबिल बैंकले गत आवको असार मसान्तसम्म ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १५.०१ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार नाफा कमाएको थियो ।
यस्तै सबैभन्दा कम एनआईसी एशिया बैंकले १६ करोड १५ लाख ७३ हजार नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.९७ प्रतिशतले कम हो ।
सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकलाई नेपाल इन्भेष्टमेन्ट मेगा र ग्लोलब आइएमई बैंकले पछ्याएका छन् । नेपाल इन्भेष्ट मेगा बैंकको नाफा अघिल्लोे आवको सोही अवधिको तुलनामा गत आवको असार मसान्तसम्म ६४.४४ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार पुगेको छ । यस्तै ग्लोबलको नाफा १.१० प्रतिशतले बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रहेको छ ।
असार मसान्तसम्म प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रहेको छ । यस्तै एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार, कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार, प्राइम बैंकको १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको ४९.५३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार, नेपाल बैंकको १३ हजार १८४ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार, सिद्धार्थ बैंकको १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार, एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५ हजार ८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छे« बैंकको नाफा ९२.४५प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार, हिमालयन बैंकको नाफा २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको नाफा ९.८६प्रतिशतले घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको नाफा २.०८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँले घटेको छ ।






प्रतिक्रिया दिनुहोस्