Skip to content

बैंकको लाभांश दिने क्षमता १.४४ देखि ३८.२७ प्रतिशतसम्म: ११ वटाले दोहोरो अंकमा दिन सक्ने, ४ बैंकले नदिने

औषतमा १०.३३ प्रतिशत दिनसक्ने

nabil bank

काठमाडौं । अधिकांश वाणिज्य बैैंकहरु गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिन सक्ने देखिएका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ४ वटा बाहेकका बैंकले सेयरधनीलाई लाभांश दिन सक्नेछन् । गत आवको आवको नाफाबाट बैंकको लाभांश दिने क्षमता १.४४ देखि ३८.२७ प्रतिशतसम्म लाभांश दिने सक्ने क्षमता रहेको छ ।

सबैभन्दा बढी एभरेष्ट बैंकको लाभांश दिने क्षमता ३८.२७ प्रतिशत छ । यस्तै सबैभन्दा कम नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश दिने क्षमता १.४४ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको लाभांश दिने क्षमता ऋणात्मक थियो ।

बैंकको लाभा‌ंश दिने क्षमता औषतमा १०.३३ प्रतिशत रहेको छ ।

गत आवको वितरयाणयोग्य नाफाबाट नेपाल, कुमारी, हिमालयन र एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश दिने छैनन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime