काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १.२५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ३६ करोड ६१ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ५ अर्ब १० करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ भने कम्पनीको महाविपत्ती कोषमा ११ करोड ३४ हजार रहेको छ । यस्तै कम्पनीको जीवनबीमा कोषमा रहेको रकम ३६.७५ प्रतिशतले बढेर १३ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीले आर्जन गरेको कुल बीमशुल्क २२.८९ प्रतिशतले बढेर ५ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । ५ अर्ब १७ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा २२.२२ प्रतिशतले धेरै हो ।
यो अवधिमा कम्पनीले बीमा पोलिसी धितो राखेर मा राखी १ अर्ब २१ करोड ६८ लाख रुपैयाँ कर्जा दिएको छ । प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँ रहेको छ कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.९२ रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्