काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकले ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०१ प्रतिशतले धेरै हो । अघिल्लो आवको असार मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकले ४ अर्ब ५९ करोड ६२ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय अवस्था अनुसार ८ मध्ये २ वटा विकास बैंकको नाफा घटेको छ भने ६ वटा बैंकको नाफा बढेको छ ।
असार मसान्तसम्म सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकका १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.७० प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १७ करोड ६३ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
यस्तै गरिमा विकास बैंकको नाफा २०१.९७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४३ करोड ३९ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ०.४८ प्रतिशतले बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
यस्ते सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख ९५ हजार, महालक्ष्मी विकास बैंकको नाफा १.२६ प्रतिशतले बढेर ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा लुम्बिनी र ज्योति विकास बैंकको नाफा घटेको छ । लुम्बिनी विकास बैंकको नाफा ३०.१३ प्रतिशतले घटेर ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । यस्तै ज्योति विकास बैंकको नाफा ९२.७४ प्रतिशतले घटेर १ करोड २३ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।







प्रतिक्रिया दिनुहोस्