रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक शिवशंकर गिरी निजी निवासमा मृत फेला परेका छन् ।
सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल उक्त बैंकको प्रबन्धकका कार्यरत ५२ वर्षीय गिरी शनिबार अचेत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दिउँसो करिब २ः५० बजे गिरी अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
चेकजाँचका क्रममा चिकित्सकले अपरान्ह ४ः२० बजे गिरीको मृत्यु भएको घोषणा गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्