काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको छ । साउन १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारीपाटी, ठीमी, विराटनगर, नारायणगढ,पोखरा, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, धनगढी, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी आस्बा सदस्य रहेको बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ छ । हकप्रद जारी गरेपश्चात २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयरबाट आएको पैसा बैंकहरुको ऋण तिर्न प्रयोग गरिने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्