Skip to content

चाँदी आयातमा डलरको सटही सुविधा ३ लाखबाट बढाएर ५ लाख पुर्याइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ। केन्द्रीय बैंकले विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो सुविधा बढाएको हो।

अब त्यस्ता निकायले सुनचाँदीको व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडालगायत बनाउन औद्योगिक कच्चा पदार्थका रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्नेछन्। यसअघि यस्तो सटही सुविधा ३ लाख डलरसम्मको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T