Skip to content

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक २७.१४ अंक घटेर २७६१.२२ विन्दुमा झरेको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५५ अंक घटेको छ ।

आइतबार बिहीबारको तुलनामा कारोबार रकम भने बढेको छ । आइतबार ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबारको बजारमा ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । आज व्यापार, अन्य, लघुवित्त, उत्पादन तथा प्रशोधन र बैंकिङको उपसमूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले घटेको छ । आईतबार कारोबार भएको आधारमा ४६ खर्ब १० अर्ब ९४ करोड रुपैयाँ बजार पूँजीकरण कायम भएको छ ।

आज कारोबारमा आएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै मूल्य वृद्धि आरबीबी म्युचुअल फण्ड १ को रहेको छ । यसको इकाई मूल्य ७.९३ प्रतिशतले बढेको छ ।  आइतबार अपर स्याङ्गी हाइड्रोपावर कम्पनीको मूल्य ६.२९ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आइतबार नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आइतबार ५१ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३५ करोड ४५ लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi