Skip to content

वाणिज्य बैंकको खुद ब्याज आम्दानी औसतमा घट्यो, कुन बैंकको कति ? 

nabil bank

काठमाडौं । वाणिज्य बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा घटेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी औसतमा १.०८ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १ खर्ब  ९२ अर्ब ७२ करोड २६ लाख १ हजार रुपैयाँ खुद आम्दानी गरेका बैंकहरुले गत आवको सोही अवधिमा १ खर्ब ९० अर्ब ६३ करोड ५१ लाख ८५ हजार रुपैयाँमात्र खुद ब्याज आम्दानी गरेका हुन् ।

गत आवमा ८ वटा वाणिज्य बैंकको खुद ब्याज आम्दानी घटेको छ । जसको कारण बैंकहरुको यस्तो आम्दानी औसतमा घटेको हो । पछिल्लो केही वर्ष यता देखिएको आर्थिक मन्दीको कारण बैंकहरुलाई कर्जाको सावा तथा ब्याज असुलिमा सकस परिरहेको छ । जसको कारण बैंकको खुद ब्याज आम्दानीमा पनि केही गिरावट देखिएको हो ।

गत आवको असार मसान्तसम्म आउँदा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मीसनराइज बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, प्रभु बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी घटेको छ । यस अवधिमा १२ बैंकको ब्याज आम्दानी बढेको छ । असार मसान्तसम्म नबिल, कुमारी, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, प्राइम कर्मर्सियल बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, सिटिजन्स, सानिमा, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकको ब्याज आम्दानी बढेको छ ।

यो अवधिमा खुद ब्याज आम्दानी सामान्य घटेको भएतापनि सबैभन्दा धेरै यस्तो आम्दानी बैंकमा ग्लोबल आइएमई बैंकको रहेको छ । ग्लोबल आइएमई बैंकले गत आवको असार मसान्तसम्म १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ रहेको छ । बैंकको ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ०.८५ प्रतिशतले मात्र घटेको हो । अघिल्लो आर्थिक वर्षमा यस बैंकले १६ अर्ब ८५ करोड ६३ लाख २७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यसैगरी, सबैभन्दा धेरै ब्याज आम्दानी गर्ने दोस्रो बैंकमा नबिल बैंक रहेको छ । यस बैंकले गत आवमा १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकको ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ०.०६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, यस अवधिमा सबैभन्दा कम ब्याज आम्दानी गर्ने बैंक स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४८ करोड ८४ लाख २५ हजार रुपैयाँ रहेको छ । बैंकको ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १२.५६ प्रतिशत घटेको हो । अघिल्लो आवमा बैंकले ५ अर्ब १३ करोड ३२ लाख ८९ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime