Skip to content

कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलमा उपचार गर्दा १० प्रतिशत छुट हुने

काठमाडौं । कुमारी बैंकका ग्राहकले भारतको राजधानी नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड)मा गरिने उपचारमा विशेष छुट पाउने भएका छन् । छुट दिने विषयमा कुमारी बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।

सो सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई अन्तरंग तथा बहिरंग सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारीले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिँदै आएको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T