Skip to content

१७ औं संस्करणको नाडा अटो शो २०२५ तयारी अन्तिम चरणमा (फोटो फिचर)

nabil bank

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भोलिबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ । भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने लागको सो अटो शो को तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

यसपालिको संस्करणमा डिपलको इभिटल फ्लाइङ ट्रयाक्सी, रोवोटिक्स (डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।

१७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारीका र अटो पाट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

तस्विरः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime