Skip to content

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ ।
उक्त कम्पनीले गत असार ३१ गतेदेखि हाल कायम चुक्तापुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

उक्त कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

उक्त कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका साथै राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खादबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima