यसैगरी, उनले सवारीसाधन खरिदमा लोन टु भ्यालु रेसियो बढाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसामु मौद्रिक नीतिको समीक्षाबाट सवारीसाधन खरिदमा लोन टु भ्यालु रेसियो बढाइने विश्वास रहेको उनले बताए ।
‘सरकार र हाम्रो लक्ष्य एउटै छ । हामी सँगै हिँड्न चाहन्छौ’ उनी भन्छन्, ‘हामीले पहिलो पटक फ्लाइङकार प्रदर्शन गरेका छौ ।’यसैगरी, नेपालमा गाडी एसेम्बल आवश्यकता रहेको र यसमा नाडा लागेको उनले बताए । गाडी एसेम्बलको लागि चाहिने उपकरण नेपालमा उत्पादन हुनुपर्ने उनको बुझाई छ । उनले अटो क्षेत्रको पूर्वाधार निर्माण तथा विकासको लागि भौतिक मन्त्रालयको सहयोग आवश्यकता रहेको बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्