Skip to content

तरलता पर्याप्त र सहज नीतिले अटो व्यवसाय चलायमान बन्याेः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय राष्ट्र बैंकले लिएको सहज नीति तथा बैंकिङ क्षेत्रमा भएको तरलता सहजको कारण अटो व्यवसायी चलायमान भएको बताएका छन् । मंगलबार नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शो–२०२५ को उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

सरकार तथा सम्बन्धित निकायले गरेको सहजताको कारण निजी क्षेत्रको मनोबल सकारात्मक बन्दै जाँदा अर्थतन्त्रमा पनि त्यसको असर देखिएकाे उनी बताउँछन्। यसैगरी, ‘पछिल्लो समय विद्युतीय सवारीसाधनको आयात जुन किसिमले भइरहेको छ,  यो हाम्रो लागि सकारात्मक छ,’ उनले भने, ‘आगामी दिनमा पनि सहज नीतिले बजार थप राम्रो हुनेछ ।’

उनले अटो शोले अर्थतन्त्रमा पुर्‍याएको योगदान एकदमै महत्त्वपूर्ण रहेको बताए। पछिल्लो केही वर्षयता अर्थतन्त्र सुस्त बन्दा त्यसको असर समग्र आर्थिक क्षेत्रमा परेको उनको बुझाई छ । तर, यस वर्षबाट बजारमा माग बढेको उनले बताए । पछिल्लो केही समययता निजी क्षेत्रको मनोबल पनि सकारात्मक बन्दै गएको उनले बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi