Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चाडपर्व अफर, गाडी खरिद गर्न ६.२९ प्रतिशतमा कर्जा दिने

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छाडपर्वका लागि विभिन्न अफर ल्याएको छ ।

बैंकले विशेष सुविधासहितको गाडी कर्जा योजना ल्याएको छ । गाडी खरिद गर्नेले ६.२९ प्रतिशतमा कर्जा पाउनेछन् ।

बैंकको पछिल्लो आधारदर ५.७९ प्रतिशत छ । त्यसमा ०.५ प्रतिशत थपेर ६.२९ प्रतिशत ब्याजमा कर्जा दिने बैंकले जनाएको छ ।

बैंकले दसैं, तिहार पर्वलाई लक्षित गरि यो योजना ल्याएको जनाएको छ ।

बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवम ६० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime