काठमाडौं । सहकारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ । अघिल्ला आवको तुलनामा गत आवको सोही अवधिको तुलनामा बैंकले नोक्सान घटाउँदै लगेको छ ।
बैंक क्रमैसँग वित्तीय रुपमा मजबुत हुँदै गएको तथ्याङकले देखाएको छ ।
अघिल्लो आवको असार मसान्तसम्म बैंक १ अर्ब ६६ करोड ६७ लाख ९९ हजार ९६४ रुपैयाँ नोक्सानमा रहेको थियो । अहिले बैंकले नोक्सानी घटाएको छ । गत आवको असार मसान्तसम्म आइपुग्दा बैंक ४ करोड ८१ लाख ६१ हजार ७२४ रुपैयाँ नोक्सानीमा रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी बढेको छ भने अघिल्लो आवको असार मसान्तमा ऋणात्मक रहेको सञ्चालन आम्दानी ६७ करोड ८० लाख २२ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १ अर्ब १५ करोड ९१ लाख ११ हजार रुपैयाँबाट बढेर १ अर्ब ५७ करोड १९ लाख २ हजार रुपैयाँ पुगेको छ ।
यस्तै खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी १ अर्ब १९ करोड ९८ लाख ८५ हजारबाट बढेर १ अर्ब ६० करोड ८९ लाख ३६ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ५५ लाख ४७ हजार रुपैयाँ ऋणात्मक छ ।
बैंकले अघिल्लो आवको असार मसान्तमा कर्जा नोक्सानी तथा जोखिम व्यवस्थाका लागि २ अर्ब ५८ करोड ७० लाख ७४ हजार रुपैयाँ छुट्याएको थियो । उक्त रकम अहिले घटाएर ९३ करोड ९ लाख १४ हजार रुपैयाँ रहेको छ ।
गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा भने ३०.३७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा २२.१ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा ऋणात्मक छ ।
२ अर्ब ८९ करोड १५ लाख ७ हजार रुपैयाँ सेयर पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५४ करोड १४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्